दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवर र कर्मचारीबिच सार्वजनिक रुपमै आरोपप्रत्यारोप चलेको छ । गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले आइतबार विहान सामाजिक सञ्जाल फेशबुकमा ‘व्याँसमा लेखापालको ज्याजती’ शिर्षकमा लामो स्टाटस लेखे पछी कर्मचारीले त्यस्को प्रतिवाद गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष कुवरले विभिन्न आरोप लगाउदै गाउँपालिकाका लेखापाल गोपाल सिंह विष्टले योजनाको भुक्तानी, सामान खरिद लगायतमा अनियमितता गरेको भन्दै आरोप लागउनुभएको थियो । कुँवरले कार्यालयको कामले फोन गर्दा समेत लेखापालले फोन नउठाएको र सम्पर्क समेत नगर्ने गरेको गुनासो गर्नुभएको छ । साथै उहाँले गाउँसभाबाट सर्वसम्मत पारित भएको बजेट बक्तव्यको सफ्टकपी नै संसोधन गरि इन्ट्री गर्ने यत्रो हिम्मत एक कर्मचारी (लेखापाल) लाई कसले दियो? भन्दै सामाजिक सञ्चालबाटै प्रश्न समेत गर्नुभएको छ ।

उपाध्यक्ष कुँवरले लेखापाल विष्ट तर्फ लक्षित गर्दै बजार दर रेट भन्दा झण्डै तीन गुना बढी रेट हालेर सामग्री खरिद मनपरी तरिकाले आफै गर्नेलाई पालिकामा राख्न नसकिने उल्लेख गर्नुभएको छ । उपाध्यक्ष कुवरले लेखापाल विष्टसंग गाउँपालिकामा कार्यरत कर्मचारी, सेवाग्राही, जनप्रतिनिधि, निर्माण व्यवसायी कोही पनि सन्तुष्ट नरहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले कार्यपालिका बैठकले कार्य सन्तोषजनक नभएको भनेर लेखापाल विष्टलाई हटाउने निर्णय गरेको भए पनि पहुँच र पावरको धाक लगाएको समेत उल्लेख गर्नुभएको छ।

गाउँपालिका उपाध्यक्ष कुवरले लगाएको आरोपको प्रतिवाद गर्दै गाउँपालिकामा कार्यरत कर्मचारीले उपाध्यक्ष कुँवरले सामाजिक सञ्चालमार्फत लगाएका विभिन्न आरोप प्रति ध्यानाकर्षण भएको जनाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको पत्रमा गाउँपालिका उपाध्यक्षले आर्थिक प्रशासन शाखा प्रमुखमाथि गरेको टिकाटिप्पणीमाथि ध्यानाकर्षण भएको जनाइएको छ ।

भौगोलिक रुपमा विकट मानिने व्याँस गाउँपालिकामा थुप्रै समस्या र अभावका बीच काम गरिरहेका कर्मचारीको मनोबल बढाउनुको साटो सामाजिक सञ्चालन मार्फत उपाध्यक्षले गरेको टिप्पणी प्रति विज्ञप्तीमार्फत दुःख व्यक्त गरिएको छ । प्रशासनीक मूल्य, मान्यता प्रति प्रतिवद्ध रहि कानुन, जनता र सरकार प्रति उत्तरदायी भई स्वत्रन्त्र, निष्पक्ष, तटस्थ भएर सेवा प्रभाव गर्न कर्मचारीको दायित्त प्रति प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरिएको छ । कार्यालयमा काम गर्ने सिलसिलामा कर्मचारीप्रति असहमति र असमझदारी भएकै कारण सामाजिक सञ्जालमा अफवाह फैलाई कर्मचारीको मनोवल गिराइ हतोत्साहित गर्ने कार्य गर्नुभन्दा आपसी छलफलमार्फत समस्या समाधान गर्नु सबैको हितमा हुनेतर्फ विज्ञप्तीमार्फत सरोकारवालाहरुको ध्यानआकर्षण गराइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?