एक हजार पाँच सय डलर भन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने

दार्चुला । अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न भनेको छ । गएराति सुचना निकालेर अर्थमन्त्रालयले विदेशी मुद्रा १५ सय डलरभन्दा बढी नराख्न भनेको हो । विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ ।

यसैगरी नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्न अर्थ मन्त्रालयले भनेको छ । ५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइनेछ । साथै स्रोत खुलेको रकम भएमा नगदमै आफ्नो अनुकूल ठाउँमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?