टाउकोमा गम्भीर चोट लागेको अवस्थामा प्रहरी जवान मृत फेला

दार्चुला । डोटीमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

शुक्रवार मध्यरात जिल्लाको शिखर नगरपालिका वडा नम्बर ८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरात १२ः१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले बलायरलाई मृत अवस्थामा फेला पारेको हो । बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । बलायर असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?