इलाममा बाढी पहिरोको वितण्डा: दुई जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता

दार्चला। शनिवार साँझबाट आएको अविरल वर्षापछि इलामका २ जनाको मृत्यु भएको छ । इलामका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका वडा नं ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ। घरमा रहेका ३ जना बेपत्ता छन् । पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरी घटनास्थलमा पुगेकाले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।

इलामको मांसेबुंग गाउँपालिका वडा नम्बर १ मा बाढीले पुल बगाएको छ । मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बेपत्ता र मृतकको आधिकारिक सङ्ख्या आई नसकेको बताइन् । उनले भनिन् जिल्लामा धेरै ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको खबर आएको छ । घटन स्थलमा प्रहरी पुग्ने क्रम जारी छ ।

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?