दार्चुलाको महाकाली-६ निसिलमा जिप दुर्घटना, एक जनाको मृत्यु, ९ जना घाइते

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिलमा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार (आज) महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिपमा जम्मा १२ जना सवार रहेकोमा एक जनाको घटना स्थल मै मृत्यु भइसकेको र ९ जना घाइते भएका छन् । जिपमा सवार मध्ये २ जना सकुसल रहेका छन् । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते सबैलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

मृतकको पहिचान खुलेको छैन भने घटना बारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?