दार्चुलाबाट भागेका आठ कैदी अझै फरार, खोजि गर्न कार्यदल गठन भएपनि हालसम्म भेटिएनन

दार्चुला । दार्चुला कारागारबाट भागेका आठ जना कैदी अझै फरार रहेका छन। जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते जिल्ला कारागारबाट भागेका ७१ जनामध्ये हालसम्म ६३ जना पक्राउ परेका छन् । भागेकामध्ये आठ जना कैदी अझै फरार रहेको दार्चुला कारागार दार्चुलाका प्रमुख सरिता चन्दले जानकारी दिनुभयो ।

फरार कैदीहरुको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको उहाँले बताउनुभयो । जिल्ला कारागार दार्चुलाबाट भागेका ६० जना, कागाराबाट नभागेका छ जना, अन्य कारागारबाट भागेर उपस्थित भएका तीन जना र दुई जना थुनुवा गरि अहिले जिल्ला कारागारमा ७१ जना कैदीबन्दी रहेको उहाँले बताउनुभयो । दार्चुला कारागारबाट भागेका तीन जना कैदी अन्य कारागारको नियन्त्रणमा रहेका छन् । फरार आठ जनाको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महतले बताउनुभयो ।

कैदी खोज्न सहायक सिडिओको संयोजकत्वमा कार्यदल!
जेन–जी आन्दोलनका क्रममा दार्चुला कारागारबाट भागेर फरार भएका कैदीहरुको खोजी गर्नका लागि कार्यदल गठन गरिएको छ । सरकारको मन्त्रीस्तरीय निर्णयले सम्बन्धित जिल्लामा फरार कैन्दीबन्दी खोजी तथा पक्राउ कार्यदल गठन गर्न निर्देशन दिएपछि गत आइतबार दार्चुलामा पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी संयोजक रहने गरी छ सदस्यीय कार्यदल गठन गरिएको हो ।

फरार कैदीको खोजी गर्न गठित कार्यदलमा कारागार प्रमुख सरिता चन्द सदस्य सचिव रहनुभएको छ भने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावत, शसस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका शसस्त्र प्रहरी निरीक्षक कमलेश प्रसाद भट्ट, अनुसन्धान अधिकृत धिरज बहादुर रावल, सहायक जिल्ला न्यायाधिवक्ता गौर सिंह महर सदस्य रहनुभएको छ । कार्यदलले फरार कैदीहरुको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गरेपनि अहिलेसम्म आठ जनालाई फेला पार्न नसकेको जेलर चन्दले बताउनुभयो ।

कार्यदलले कारागारबाट फरार कैदीबन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन सोमबारसम्मको समयसिमा दिएको थियो । कारागार फर्किन बाँकी कैदीहरुको सम्बन्धमा असोज २० गतेभित्र कारागार फर्कन समयसिमा तोकिएको र सो समयभित्र कारागार नर्फिकने कैदीहरुलाई कारागार ऐन, २०७९ र अन्य प्रचलित कानून बमोजिमको कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?