दार्चुला जिप दुर्घटनामा घाइते भएका पाँच जनाको माया मेट्रो अस्पतालमा उपचार हुँदै

दार्चुला । दार्चुलामा आइतवार भएको जिप दुर्घटनामा घाइते भएका पाँचजनाको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । हिजो महाकाली नगरपालिका वडा नम्बर ९ साकारबाट वडा नम्बर ६ निसिल तर्फ गइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को गजुराडीमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि घाइते भएका मध्ये हाल ५ जनाको कैलालीको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महताले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका मध्ये १४ वर्षीय त्रिभुवन बहादुर पाल, २७ वर्षीय लोकेन्द्र धामी, २५ वर्षीय शुभम पाल, २७ वर्षीय जयबहादुर पाल र २८ वर्षीय पंकज पालको धनगढीको मायामेट्रो उपचार भइरहेको भइकारहेको महताले जानकारी दिनुभयो । अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ।

दुर्घटनामा परी घाइते भएका अन्य ५ जना जिल्ला अस्पतालमा उपचार पछि डिस्चार्ज भइरहेका छन, भने जिप चालक मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालिडाँडाका ४० वर्षीय अम्मर सिंह धामीलाई पनि जिल्ला अस्पतालबाट डिस्चार्ज गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

आइतबार भएको उक्त जिप दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?