पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव

दार्चुला । मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायुको प्रभाव शुरू भएको छ । गएराति देशको पश्चिमी भेगमा पश्चिमी वायुको प्रभावले र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिएको हो । योसँगै ती ठाउँमा पश्चिमी वायुको प्रभाव शुरू भएको हो ।

पश्चिमी वायुको प्रभावले ती क्षेत्रमा हल्का वर्षा भएको छ । यसबाहेक मध्य र पूर्वी भेगका अरू ठाउँमा मनसुनी वायुको प्रभावले हल्का पानी परेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?