दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली बस्नुहुने २०५४ सालका निर्वाचित वडा सदस्य अन्तराम जोशीको निधन भएको छ। २०५४ सालमा सावित रिठाचौपाता गाविस वडा नम्बर ८ का निर्वाचित सदस्य जोशीको ७४ वर्षको उमेरमा निधन भएको हो।
समाजसेवी जोशी नेकपा (एमाले) पार्टीमा २०४८ सालदेखि सक्रिय भइ २०५३ साल असोज १० गतेदेखि संगठित सदस्य हुनुहुन्थ्यो । उहाँको निधनले परिवारसंगै सिंगो पार्टी शोकसन्तब्ध भएको एमाले नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशीले बताउनुभयो। शोकलाई शक्तिमा बदल्न सकियोस भन्ने कामनासहित पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको उहाँले बताउनुभयो।
जोशीको असोज २१ गते मंगलबार (आज) विहान ५:३० बजे घरमै निधन भएको हो।





प्रतिक्रिया