सुनको भाउमा रेकर्ड: तोलाको २ लाख ३८ हजार पुग्यो

दार्चुला । सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय थियो । आज एकै दिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी तोलाको दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?