दार्चुलामा निःशुल्क आँखा शिविर सञ्चालन, पहिलो दिन गोकुलेश्वरमा सेवाग्राहीको भिड

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा निःशुल्क आँखा शिविर सुरू भएको छ। जिल्लाका तीन ठाउँमा सञ्चालन हुने शिविर अन्तरगत पहिलो दिन विहिबार (आज) गोकुलेश्वरबाट सेवा सुरू गरिएको हो। असोज २३ गते (आज) बाट असोज २५ गते (पर्सी) सम्म गोकुलेश्वरमा आँखा शिविर सञ्चालन हुनेछ।

नारायणी आँखा अस्पताल बिरगंज, नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा दार्चुलाको तीन ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको आयोजक नारायणी आँखा अस्पतालका फाउन्डर डा. पदम राज विष्टले बताउनुभयो । उहाँका अनुसार असोज २५ गते सम्म शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वर माविमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। त्यस्तै असोज २६ र २७ गते लेकम गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा अवस्थित लटिनाथ मावि चौपातामा र असोज २९ र ३० गते मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुर पस्तीमा शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

शिविरमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया (अप्रेसन) गरिने र निःशुल्क औषधी पनि वितरण गरिने बताइएको छ । साथै नजिकको पढ्न लेख्न मिल्ने चस्मा १ सय रुपैयाँमा उपलब्ध गराइने बताइएको छ। आँखाको समस्या भएका बिरामीलाई नजिकको स्थानमा तोकिएको मितिमा उपस्थित भइ सेवाको मौका लिनुहुन सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?