दार्चुला । जनचेतनाशील युवा क्लबको आयोजनामा महाकाली नगरपालिका वडा नम्बर ९, सकारमा सञ्चालन भएको प्रथम साकार टि-१० कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी महाकाली १ सिवाईसीले जितेको छ । यहि असोज १८ गतेबाट सञ्चालन भएको प्रतियोगिताको आइतबार (हिजा) सम्पन्न भएको हो ।
आइतबार भएको फाइनल खेलमा मालिकार्जुन युवा क्लव उकुलाई पराजित गर्दै महाकाली नगरपालिका वडा नम्बर १ सिवाईसीले उपाधी जितेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) महाकाली-१ का नरेन्द्र महरा घोषित हुनुभएको छ । उहाँले प्रतियोगिता भरि १ सय ४२ रनसहित ६ विकेट लिनुभएको राष्टिय खेलकुुद समितिका सदस्य जगत सिंह धामीले बताउनुभयो ।
त्यस्तै १ सय ६० रन प्रहार गरेका मालिकार्जुन युवा क्लव उकूका प्रदिप चन्द उत्कृष्ट ब्याट्सम्यान र प्रतियोगिता भरि ९ विकेट लिएका सेभेन स्टार हुनैनाथका खेलाडी धनुस धामी उत्कृष्ट बलर हुनुभएको छ ।
क्लबका अध्यक्ष धिरेन्द्र धामीको अध्यक्षता रहेको प्रतियोगिता समापन तथा पुरष्कार वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एसपी देवराज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा प्रथम भएको महाकाली १ ले ७५ हजार ५५५ रुपैयाँ र उपविजेता मालिकार्जुन युवा क्लव उकूले ३५ हजार ५५५ रुपैयाँ नगद सहित ट्रफि र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताले जिल्लामा खेलकुद प्रवद्र्धन र युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपुर्ण योगदान गरेको राखेप सदस्य जगत धामीले बताउनुभयो ।





प्रतिक्रिया