प्रधानमन्त्रीको हबला दिँदै चन्दा सङ्कलन गरे कारबाही गरिने

दार्चुला। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विभिन्न परियोजना कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सङ्कलन गरिरहेको भन्ने जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव, प्रवक्ता रविलाल शर्माले सोमबार विज्ञप्तिमार्फत विभिन्न जिल्ला तथा क्षेत्रहरूमा केही व्यक्ति वा समूहले प्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री कार्यालयको हवला दिँदै रकम वा आर्थिक दान माग एवं सङ्कलन गरिएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको हो । विज्ञप्तिमा प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ ।”

साथै नेपालबाहिर बसेर कसैले त्यस्तो अनधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?