
दार्चुला ।डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ देवल भन्ने ठाउँमा मङ्गलवार बिहान जिप दुर्घटना हुँदा स्थानीय ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।
कैलालीको सुखडबाट डोटीको देवलतर्फ सु।प।प्र।०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिपको सापट भाँच्चिई सडकमा पल्टिई दुर्घटना भएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ मैनापोखरीका २७ वर्षीय सरोज विकले चलाएको जिपमा नौ जना यात्रु रहेकोमा अन्य सबै सकुशल रहेका छन् ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।