राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने

दार्चुला। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बस्ने कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा असहमति जनाउँदै महामन्त्री डा। धवलशम्शेर राणा पक्षधर नेताहरू बैठकमा नजाने भएका हुन् ।

राणाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएर बैठकमा नआउने जानकारी गराएका छन् । अध्यक्षलाई सच्चिनका लागि दबाब दिन आफूहरूले यो निर्णय लिएको उहाँले बताउनुभयो ।

राणाले भन्नुभयो, ‘पार्टी विधिमा नचलेपछि हामीले आजको बैठकमा नजाने निर्णय गरेका छौँ । अध्यक्षज्यू सच्चिन तयार हुनुभयो भने अर्को बैठकमा जान सक्छौँ ।’

पार्टीका वरिष्ठ नेताहरू पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनी पनि बैठकमा नजाने संस्थापन इतर पक्षको दाबी छ ।

संस्थापन पक्षधरले घोषितरुपमा पार्टीको बैठक बहिष्कार गरेको यो सम्भवतः पहिलोपटक हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?