सभामुखले बोलाएको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

दार्चुला । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय संकलनका लागि आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित रहेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज अन्य राजनीतिक दलका नेताको सहभागितामा छलफल जारी रहँदा रास्वपाका प्रतिनिधि बैठकमा उपस्थित नभएका हुन् ।

रास्वपाका नेता सन्तोष परियारले पार्टीको सचिवालय बैठक बिहान ११ बजे निर्धारित भएकाले सभामुखको बैठकमा सहभागी हुन नसकेको जानकारी दिनुभयो।

‘पार्टीको काम र बैठकको समय मिल्न नसकेकाले सभामुखले बोलाएको बैठकमा उपस्थित हुन सकिएन, यसबारे जानकारी सभामुखलाई दिइसकिएको छ,’ उहाँले भन्नुभया ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?