दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुभ दिपावली (तिहार) मर्यादित र सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाँड दिपावली सभ्य र मर्यादित भई हर्सोलासमय रुपमा मनाउन आग्रह गरेको हो ।
सरकारद्धारा प्रतिबन्धित कुनै पनि किसिमका विष्फोटक पदार्थहरु पटाका, भुईचम्पा, रकेटआदिको खरिद बिक्री, ओसारपोसार, सञ्चय तथा प्रयोग नगर्न सबै जिल्ला बासिमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनुभयो ।
त्यस्तै दियो मैनबत्ती, झिलिमिली, बत्ती बाल्दा कपडा, पर्दा, पराल जस्ता आगो टिप्ने प्रज्वलनशील सामग्रीहरु टाढा राख्न, सुत्नुअघि वा घरबाहिर निस्किदाँ यस्ता बत्ती विद्युतीय उपकरणहरु बन्द गर्ने वा निभाउन, देउसी भैलो खेल्दा र मर्यादित सभ्य तरिकाले खेल्न, जवरवजस्ती वा करकापमा पारी रकम असुल नगर्न तथा अभद्र व्यवहार नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । साथै प्रशासनले राती १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाउने र १० बजे पछि देउसी भैलो कार्य नगर्न आग्रह गरेको छ ।
त्यस्तै मनोरञ्जनका नाममा जुवातास खेल्ने/खेलाउने जस्ता गैरकानुनी तथा विकृतिजन्य कार्यहरु नगर्न, चाडपर्वको बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउने, होहल्ला गर्ने, पारिवारिक तथा सामाजिक सद्भाव खल्बल्याउने कार्य नगर्न, अरुलाई असर गर्ने गरि ठुलो स्वरमा गीत नबजाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिनुभयो ।
त्यस्तै बजारमा गुणस्तरहिन, सडेगलेका अखाद्यय बस्तुहरु बिक्री वितरण हुन सक्ने भएकोले उपभोग्य बस्तुहरुको उत्पादन मिति तथा गुणस्तर यकीन गरेर मात्रै खरिद गर्न तथा त्यस्ता सामग्री बिक्री वितरण नगर्न आग्रह गरिएको छ ।
चाडपर्वको समयमा सवारी चलाउदा ट्राफिक नियमको पालना गर्न, घरबाहिर निस्किदा झ्याल ढोका राम्रो संग बन्द गरेर निस्कन, आफ्नो धनमालको सुरक्षामा विषेश ध्यान दिन, अपरिचत वा शंकास्पद व्यक्तिहरुबाट सजग रहन र आफ्नो वरिपरी कुनै शंकास्पद गतिविधि वा कुनै अप्रिय घट्ना भएमा तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरीको १०० मा खबर गर्न आग्रह गरिएको छ ।
सबै जिल्ला बासिले सचेत एव जिम्मेवार नागरिकको भूमिका निर्वाह गरि चाडपर्वलाई सुरक्षित, मर्यादित र हर्षोसोल्लास रुपमा मनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो ।





प्रतिक्रिया