दार्चुला । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गर्नुभएको छ ।
पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको घोषणा गर्नुभएको हो ।
साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गर्नुभयो। अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको ।
उहाँले बताउनुभयो ।
तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकतापछि उहाँ माओवादीको पदाधिकारी तहमा रहनुभएको थियो ।





प्रतिक्रिया