शैल्यशिखर–४ को मल्लो काँडापारी र लेकम–२ को गाडागाउँमा आज रात्री जात्रा लाग्दै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मल्लो काडापारीमा अवस्थित लटिनाथ मन्दिर र लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित केदारनाथ मन्दिरमा आइतबार (आज) रात्री जात्रा लाग्ने भएको छ ।
मल्लो काडापारीमा अवस्थित लटिनाथ मन्दिर विकास तथा व्यवस्थापन समितिको बैठक बसी जात्रालाई भव्य र मर्यादीत ढंगले मनाउने निर्णय गरिएको समिति अध्यक्ष भरतसिंह ठगुन्नाले जानकारी दिनुभयो । समितिको बैठकले जात्रा अवधिभर मदिरा, जुवातास बन्द गर्ने निर्णय सहित जात्रा व्यवस्थापन बारे शनिबार छलफल गरेको स्थानीय दानसिंह ठगुन्नाले बताउनुभयो ।

यसैबिच लेकम २ मा अवस्थित केदारनाथ मन्दिर गाडागाउँमा भोली दिउँसो देखी नै पुजाआजा सुरु भइ राती जात्रा लाग्ने भएको छ । धुरा केदारका नामले परिचित उक्त मन्दिरमा भोली विहानैदेखी पुजन जात्रा सुरु भइ राती समेत जात्रा लाग्ने मन्दिरका भण्डारी हरिदत्त जोशीलाई उद्धित गर्दै स्थानीय शिक्षक गणेशदत्त जोशीले जानकारी दिनुभयो ।

लेकम क्षेत्रमा पुर्णीमा तिथिसम्म दर्जनौँ मन्दिर तथा शक्तिपीठमा जात्रा लाग्ने गरेका छन् । रात्री जात्रामा रातभरि पुजाआजासहित दामाहा बजाउने, झोडो, फाग गाउने, ठाडो खेल, देउडा खेल खेल्ने लगायत विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गर्ने गरिन्छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?