जात्रा पर्वहरु सुरक्षित र मर्यादित रुपमा मनाउन प्रशासनको आग्रह

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाको लेकम क्षेत्रमा जारी रात्री जात्राहरु सुरक्षित र मर्यादित भएर मनाउन आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै कार्यालयले लेकम क्षेत्रमा मनाईने रात्रीकालिन जात्राहरुमध्ये सहभागिताका आधारमा विशेषगरी कार्तिक १३ गते लेकम गाउँपालिका वडा नम्बर ५ को लटिनाथ मन्दिर जयपुरमा लाग्ने जात्रा र कार्तिक १८ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ को मालिकार्जुन मन्दिर मडमा लाग्ने बृहत रात्रीकालिन जात्रा पर्वलाई सुरक्षित, मर्यादित एवम् हर्षोल्लासमय रुपमा मनाउन आग्रह गरेको छ ।

मन्दिर व्यवस्थापन समिति, अन्य निकाय तथा प्रशासनले तोकेको आचार संहिता, मापदण्ड र नीति नियम पालना गरेर जात्रा मनाउन सबैमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । साथै जात्रामा तोकिएको आचार संहिता, मापदण्ड र निति नियम पालना नगरेको खण्डमा प्रचलित कानून वमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । जात्रामा मादक पदार्थको विक्री वितरण र ओसार पसार नगर्न, जात्रामा पाल्नुहुने जात्रालुहरुले मादक पदार्थ र लागु पदार्थको सेवन नगर्न÷नगराउन र घरेलु तथा कानूनले वर्जित गरेका हातहतियार साथमा लिएर जात्रामा नआउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । त्यस्तै जात्रामा हो–हल्ला, झै–झगडा, गालि–गलौच तथा अराजक र अवाञ्छनीय गतिविधि नर्गन, मन्दिर परिक्रमा, दामाहा, झाँकी प्रदर्शन गर्दा पूर्व परम्परा अनुसार पालो मिलाएर गर्न, मन्दिर परिसरका आसपासमा रहेका सार्वजनिक सम्पत्तिमा कुनै हानी नोक्सानी नगर्न, शान्ति, सुव्यवस्था कायम गर्नको लागि मन्दिर व्यवस्थापन समिति, गाउँपालिका, सुरक्षा निकाय र प्रशासनले अवस्था विश्लेषण गरी जारी गरेको निर्देशन र अनुरोधको पूर्ण पालना गर्ने गराउने प्रशासनले आग्रह गरेको छ ।

सवारी साधन चलाउँदा टाईम कार्डको अनिवार्य रुपमा पालना गर्न, कुनै पनि जात्रालुलाई जुनसुकै प्रकारको समस्या परेको अवस्थामा सहायता कक्ष वा नजिक रहेका सुरक्षाकर्मीसंग समन्वय गराईदिन र जात्रालुहरुलाई स्वास्थ्य समस्या देखिएमा हेल्थडेस्कमा सम्पर्क गर्न आग्रह गरिएको छ । दार्चुलाको लेकम क्षेत्रमा कार्तिक ५ गते प्रतिपदाको दिन देखि रात्री जात्राको रौनकता छाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?