दार्चुला । महाकाली लोकमार्गअन्तर्गत दार्चुलाको गोकुलेश्वर–खलंगा सडकखण्डको धौलीगाड खोलामा एघार वर्ष अघि सम्झौता भएको पुल निर्माण कार्य अलपत्र परेको छ । महाकाली नगरपालिका–५ गल्फै नजिक जमिनको मुआब्जा वितरणमा विवाद हुँदा वर्षौ रोकिएको पुल निर्माण कार्य मुआब्जा विवाद समाधान भएर पनि सुचारु हुन सकेको छैन्।

दार्चुला सदरमुकाम खलंगा जोड्ने यो पुल निर्माणका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले २०७१ साल असार ३० गते आशिस कन्स्ट्रक्सन धनगढीसँग सम्झौता गरेको थियो । दुई करोड ३२ लाख ५६ हजार रुपियाँ लागतमा पुलको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पुल निर्माण सुरु गरी एकपट्टी पिलर गाडेपछि स्थानीयले मुआब्जाको विषयमा विवाद गरपछि पुल निर्माण अघि बढेको छैन । २०८० सालमा विवाद समाधान भएर मुआब्जा वितरण गरिसक्दा समेत पुल निर्माणको काम अघि बढ्न नसकेको हो । एक दशक पहिलेको दररेटमा आफुले काम गर्न नसक्ने भन्दै ठेकेदारले क्षतिपुर्तिको मागसहित अदालतमा मुद्धा दायर गरेपछि प्रक्रिया रोकिएको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लिलाधर भट्टले बताउनुभयो । उहाँका अनुसार २०८१ सालमा परेको मुद्धाको अहिलेसम्म फैसला हुन सकेको छैन् । नेपाल सरकारको कारण दश वर्ष ढिला भएकोले क्षतिपुर्ति वा क्राइसिस जजमेन्ट पाउनुपर्ने मागदाबीसहित ठेठेदारले मुद्धा दायर गरेको हो, ठेक्कामा क्राइसिस जजमेन्टको प्रावधान थिएन, उहाँले भन्नुभयो, अदालतले क्राइसिस जजमेन्ट राख्ने आदेश दिए काम सुरु हुन्छ, नभए ठेक्का तोडेर नयाँ प्रक्रियामा गएर पुल निर्माण गरिनेछ ।

२०७० सालको बाढीपछि यस क्षेत्रमा जमिनको मूल्य अकासिएको थियो । मुआब्जा निर्धारण समितिले निर्धारण गरेकोभन्दा कम मुआब्जा दिएको भन्दै स्थानीयले विरोध गरेका थिए । पुल निर्माणस्थलको पाँच आना जमिनका धनीले सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मुआब्जा दिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । सर्वोच्च अदालतले जग्गाको पुनः मूल्यांकन गर्न आदेश दियो । तर आदेश पालना नहुँदा २०८० सालसम्म मुआब्जा विवाद समाधान हुन सकेन । लामो समयपछि २०८० सालमा विवाद समाधान गरेर मुआब्जा वितरण गरिसकेको भएपनि पुरानै रकममा काम गर्न नसक्ने भन्दै ठेकेदारले क्षतिपुर्ति दाबी गरेका कारण काम अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । आफु जिम्मेवारीमा आएपछि यो विषयमा थप छलफल गर्न नपाएको उहाँको भनाई छ ।

अहिले यो क्षेत्रमा पक्की पुल नहुँदा खोलाबाटै सावरीसाधन आवतजावत गर्छन् । सदरमुकाम जोड्ने खोलाको पुल निर्माणमा ढिलाइ हुँदा यातायात व्यवसायी र सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । स्थानीयले खोला पार गर्न पुलकै माथिपट्टि काठेपुल लगाएका छन्। सामरिक महìव बोकेको कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोर पनि यही सडक खण्डमा पर्छ। तर पुल निर्माण सुरु भएको एघार वर्षसम्म पनि एकतर्फी जग निर्माण गरेर अलपत्र छाडिएको छ। चालु आर्थिक वर्षमा समेत उक्त पुल निर्माणका लागि बजेट रहेकोले अदालतको प्रक्रिया टुगिंएपछि काम अघि बढउन सकिने इन्जिनियर लिलाधर भट्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?