दार्चुला । दार्चुलामा दशैँ तिहार लक्षित सुरक्षा योजना अवधिभर ४ वटा सवारी दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका अनुसार दशैँ तिहार लक्षित सुरक्षा योजना लागू भएको असोज ६ गते देखि कार्तिक ८ गते सम्मको अवधिमा जिल्ला भरी ४ वटा सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् ।
यस अवधिमा सवारी दुर्घटनामा परी अन्य १२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव निरीक्षक हेम कडायतले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा जिल्लाभरि २ वटा जीप दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन् । त्यस्तै एक साइकल दुर्घटनामा १ जनाको मृत्यु र एक मोटरसाईकल दुर्घटनामा २ जना घाइते भएका छन्।
यस्तै दशै तिहार लक्षित सुरक्षा योजना अवधिभर ४४ वटा सवारी कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका अनुसार दशैँ तिहार लक्षित सुरक्षा योजना लागू भएको असोज ६ गते देखि कार्तिक ८ गते सम्मको अवधिमा जिल्ला भरि ४४ वटा सवारी कारवाहीमा परेका छन् ।
यस अवधिमा सवारी कारवाहीबाट ४४ हजार बढी राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख कडायतले बताउनुभयो ।
सो अवधिमा जिल्लाभरि सबैभन्दा बढी २७ वटा जीप÷कार कारवाहीबाट २० हजार बढी राजस्व संकलन गरिएको छ । त्यस्तै ८ वटा अटोरिक्सा÷टेम्पो कारवाहीबाट ५ हजार, ५ वटा मोटरसाईकल कारवाहीबाट ३ हजार र ४ वटा ट्याक्टर कारवाहीबाट २ हजार गरि कुल ४४ वटा सवारी कार्वाहीबाट ३० हजार बढी राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रज जयसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
यस्तै कार्तिक १२ गते देखि जिल्लाको लेकम क्षेत्रमा लाग्ने जात्रा लक्षित सवारी चेकजाँच भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला विभिन्न ५ ठाउँमा सवारी चेकजाँच गरिरहेको ट्राफिक प्रहरी जवना ठगुन्नले बताउनुभयो । अहिले साँदा पोसाकका प्रहरी संग मिलेर जिल्ला सदरमुकाम खंलगादेखि गोकुलेश्वर सम्म ५ ठाउँमा सवारी चेकजाँच भइरहेको उहाँले बताउनुभयो । अहिले ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम खंलगा, धाम, मालिकार्जुन, बगौरा र गोकुलेश्वरमा स्थानीय जात्रा लक्षित सवारी चेकजाँच गरिरहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया