दार्चुला । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित कटाक्ष गर्नुभएको छ।
सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गर्नुभएको हो ।
‘केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
हिजो मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमा नै त्यो स्टाटस डिलिट गरेका थिए ।





प्रतिक्रिया