कांग्रेस नेता अफताब आलमको मृत्यु

दार्चुला । कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। गएराति २ः५८ बजे काठमाडौँ मेडिकल कलेजमा आलमको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

पछिल्लो समय उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

आलमको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्षा स्रोतले जनाएको छ। मुटुमा समस्या रहेका आलमलाई गत जेठमा नक्खु कारागारबाट छुटे लगतै ब्रेन स्ट्रोक भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।

२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?