दार्चुलाका ६१ वटै वडामा एमालेको वडा कमिटी बैठक सम्पन्न, सद्धभाव र्‍यालीको तयारी

दार्चुला । दार्चुलाका नौ वटै स्थानीय तहका ६१ वटै वडामा नेकपा (एमाले) को वडा कमिटी बैठक सम्पन्न भएको छ । कार्तिक २५ गते हुने पालिका स्तरीय र कार्तिक २९ गते हुने जिल्ला स्तरीय भेला तथा सद्धभाव र्‍यालीको पूर्व सन्ध्यामा शनिबार (आज) जिल्लाका ६१ वटै वडा कमिटीको बैठक बसेको हो ।

गत बुधरबार बसेको एमाले दार्चुलाको सचिवालय बैठकको निर्णय अनुसार शनिबार सबै वडाहरुमा वडा कमिटी बैठक सम्पन्न भएको एमाले दार्चुलाका जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । गत बुधबार खलंगामा आयोजित एमाले जिल्ला कमिटी बैठकले पार्टी केन्द्रको निर्णय अनुसार जिल्लाभरीका सबै वडामा कार्तिक २२ गते वडा कमिटी बैठक तथा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको थियो ।

वडा कमिटी बैठकमा विषेश गरि यहि कार्तिक २५ गते हुने पालिका भेला र २९ गते आयोजना गरिएको जिल्ला स्तरीय सद्धभाव र्यालीको पूर्व तयारी केन्द्रित छलफल भएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडा कमिटी सचिव हरिशचन्द्र जोशीले बताउनुभयो ।

एमालेले जिल्लाका नौँ वटै स्थानीय तहमा कार्तिक २५ गते विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्दैछ भने कार्तिक २९ गते जिल्ला सदरमुकाम खलंगामा बृहत सद्धभाव र्‍यालीसहित भेलाको आयोजना गर्दै छ । अराजकताको विरुद्ध र लोकतन्त्रको पक्षमा आमभेलाको आयोजना गर्न लागिएको एमाले दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?