राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दार्चुलाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुर्ण साउद चयन

दार्चुला । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान दार्चुलाको चौँथो जिल्ला अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जिल्लाको गोकुलेश्वरमा आयोजित चौथो जिल्ला सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, सुदूपश्चिम प्रदेश कार्य समिति सदस्य माधवी कुमारी घर्ती मगरको संयोजकत्व बसेको भेलाले पुर्ण बहादुर साउदको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नव गठित समितिका कोषाध्यक्ष राजेन्द्र साउदले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा (१) उपेन्द्र ठगुन्ना, (२) कृष्ण रावल, महिला उपाध्यक्षमा सन्तोषी खडायत, सचिवमा सुरेन्द्र बम, कोषाध्यक्षमा रोजेन्द्र साउद, सह सचिवमा संगिता रावल र सह कोषाध्यक्षमा गिता जोशी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गोकुल खत्री, प्रकास साउद, निलिमा धामी, जनक साउद, सुरेश विष्ट, सन्तोष साउद, हरिदत्त विष्ट, प्रेम ठगुन्ना र मदन विष्ट चयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?