दार्चुला | दार्चुलाको मालिकार्जुन गाउपालिका वडा नं. ७ जोलजिवी मेलाको तयारी सुरु भएको छ । कार्तिक २६ गते आज बसको बैठकले मंसिर १ गते देखि लाग्ने उक्त मेला सभ्य र भव्यका साथ सम्पन्न गर्न मदिरा बेचबिखन तथा सेवन पूर्ण रुपमा बन्द गरिएको छ । १ गते देखि ५ गते सम्म कृषी, सांस्कृतिक मेला महोत्सव लाग्ने मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभएको छ ।
नेपाल–भारत सीमा क्षेत्र जोलजिवी र जौलजिबी बजारमा हरेक वर्ष सास्कृतिक तथा व्यापार मेला लाग्दै आएको छ । काली र गोरी नदीको संगम जोलजिबीमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गरेको हो ।
सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिबीमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको बताइन्छ । सोही सम्झनामा हरेक वर्ष मङ्सिर १ गते देखि जोलजिबी मेला लाग्दै आएको छ ।
जोलजिबी मेलामा जुम्ला तथा हुम्लाका घोडा, दैनिक उपभोग्य सामाग्री, भाडाकुडा, कपडा तथा खाद्यान्नको राम्रो ब्यापार हुने गरेको छ ।





प्रतिक्रिया