दार्चुला। दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ को नवनिर्मित कार्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम बुधबार सम्पन्न भएको छ।
वडाअध्यक्ष शन्तोषसिंह कोट्टारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीय वडाबासीको सहभागिता रहेको थियो।
अपि शैपाल मार्मा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रोप्राइटर केशवसिंह धामीले उक्त भवन निर्माण गरेर वडालाइ हस्तान्तरण गर्नुभएको हो।





प्रतिक्रिया