ऐतिहासिक जोलजीवि मेलाः नेपाल तर्फ सोमबार देखि मेलामहोत्सव लाग्दै

दार्चुला । डेढ सताब्दी लामो इतिहास बोकेको नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगमस्थल जोलजिविमा ऐतिहासिक मेला मंसिर १ गते भोलीबाट लाग्दै छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ समेत सोमबार भोली देखि नै भव्यताका साथ लाग्ने छ । नेपाल, भारत र तिब्बत तिन देशको संस्कृति देख्न सकिने जौलजिवी मेला व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

नेपाल भारत सिमा क्षेत्र दार्चुलाको मालिकार्जुन गाउँपालिको वडा नम्बर ७ जोलजिवि क्षेत्रमा पनि “ऐतिहासिक जोलजिवि मेला हाम्रो सान, कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मुला नाराका साथ मंसिर १ देखि ५ गते सम्म ऐतिहासिक जोलजिवि मेला तथा सांस्कृत महोत्सव सञ्चालन हुने मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले बताउनुभयो ।

महोत्सवमा सांस्कृत कार्यक्रम सहित राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता रहने उहाँले बताउनुभयो । त्यस्तै मेला महोत्सवमा कृषि र स्थानीय उद्योग प्रदर्शनी गरिने पनि जोशीले बताउनुभयो । कृषि प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै महोत्सवमा १ गते विहान वडा नम्बर ७ को झाँकी प्रदर्शनी हुने जोशीले बताउनुभयो ।स्थानीय कला संस्कृति झल्किने नृत्य र झाकीहरु, हास्य ब्यग्य प्रस्तुती र कलाकारको प्रस्तुती सहित रमाइलो मेला हुने आयोजकले जनाएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन गर्न मेला महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

ऐतिहासिक जोलजिवि मेला १४९ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ ।

त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?