महाकाली-९ दत्तुमा राप्रपाको वडा अधिवेशन, हरिसिंह भाटको अध्यक्षतामा कमिटी गठन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार (आज) जेष्ठ नागरिक उदय सिंह नगारीको अध्यक्षतामा बसेको आमभेलाबाट हरिसिंह भाटको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको राप्रपा दार्चुलाका प्रवक्ता नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

त्यस्तै वडा कमिटीको उपाध्यक्षमा दिलिप सिंह नगारी, कोषाध्यक्षमा उदय सिंह भाट, सचिवमा नैनसिंह नगारी र सह(सचिवमा रामदत्त जोशी चयन हुनुभएको छ ।

कार्यक्रममा राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयाली, उपाध्यक्ष कृष्ण बहादुर कुँवर, चक्र बहादुर बम, प्रवक्ता नरेन्द्र सिंह धामी लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहको थियो ।

पछिल्लो समय राप्रपाले दार्चुलामा सङ्गठन विस्तारलाई तिब्रता दिएको छ । यस अघि पनि नगरपालिकाका विभिन्न वडाहरुमा अधिवेशन सम्पन्न गरिएको राप्रपा दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?