दार्चुला । डेढ सताब्दी लामो इतिहास बोकेको नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगमस्थल जोलजिविमा ऐतिहासिक मेला आजबाट सुरु भएको छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ पनि आजबाट भव्यताका साथ लाग्दै छ । नेपाल, भारत र तिब्बत तिन देशको संस्कृति देख्न सकिने जौलजिवी मेला व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

नेपाल भारत सिमा क्षेत्र दार्चुलाको मालिकार्जुन गाउँपालिको वडा नम्बर ७ जोलजिवि क्षेत्रमा पनि “ऐतिहासिक जोलजिवि मेला हाम्रो सान, कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मुला नाराका साथ आजबाट मंसिर ५ गते सम्म ऐतिहासिक जोलजिवि मेला तथा सांस्कृत महोत्सव सञ्चालन हुने मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले बताउनुभयो ।

ऐतिहासिक जोलजिवि मेला १४९ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ ।

त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?