ऐतिहासिक जोलजिवी मेला-महोत्सवको उद्घाटन

दार्चुला । डेढ सताब्दी भन्दा लामो इतिहास बोकेको नेपाल र भारतको सीमा क्षेत्रमा लाग्ने जोलजिवी मेलाको उद्घाटन गरिएको छ । सोमबार (आज) नेपालतर्फ दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवीमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले ऐतिहासिक जोलजिवी मेला महोत्सवको उद्घाटन गर्नुभएको हो ।

यस पटक नेपाल तर्फ पनि मालिकार्जुन गाउँपालिकाको आयोजनामा “ऐतिहासिक जोलजिवि मेला हाम्रो सान, कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मुला नाराका साथ ५ गते सम्म ऐतिहासिक जोलजिवी मेला तथा सांस्कृत महोत्सव भइरहेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा संविधानसभा सदस्य, नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री गणेश सिंह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू (कस्यप), महाकाली नगरपालिकाका उप प्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामी लगायतको सहभागिता रहेको थियो ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम सहित राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता रहेको छ । त्यस्तै मेला महोत्सवमा कृषि र स्थानीय उद्योग प्रदर्शनी पनि सञ्चालन भइरहेको छ । कृषि प्रदर्शनीमा उत्कृष्ट हुने एक जनालाई गाउँपालिकाले पुरस्कार प्रदान गर्ने जनाएको छ ।

उद्घाटन समारोहमा विहान वडा नम्बर ७ को झाँकी प्रदर्शनी भएको थियो भने कलाकारहरुको प्रस्तुति तथा अन्य सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।

साथै स्थानीय कला संस्कृति झल्किने नृत्य र झाकीहरु र हास्य ब्यग्य पनि प्रस्तुत गरिएको गरिएको थियो । कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन गर्न मेला महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

ऐतिहासिक जोलजिवि मेला १५४ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ ।

त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?