दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयको सहमति

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएकोमा गत भाद्रमा सरकारले कार्यालय स्थापनाको लागि पक्रिया अगाडी बढाएको थियो ।

सोही अनुसार मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थानपनाको लागि अर्थ मन्त्रालयले स्वकृति दिएको हो । मन्त्रालयले दार्चुलाको गोकुलेश्वरसहित अन्य १० वटा इलाका प्रशासन कार्यालय स्थापनाको स्वकृति छ ।

गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लाको शैल्यशिखर नगरपालिका, नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सहज हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले २०७४ को कार्यविभाजन नियमावली र निजामती सेवा ऐन बमोजिम गृह मन्त्रालय तथा मातहतका निकायहरुको संगठन पुनरावलोकन गरी, मन्त्रालयकै दरबन्दीभित्र मिलाएर नयाँ कार्यालय स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?