दार्चुला । दार्चुला भन्सार कार्यालयले चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामा झन्डै ४२ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को पहिलो ४ महिनामा ४१ लाख लाख ९६ हजार बढी राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक बर्षको साउन महिनामा भन्सार महशुल आयात शुल्क तर्फ ४ लाख ३६ हजार ५ सय ७० रुपैँया, पैठारी भन्सार दस्तुर तर्फ ७ हजार रुपैँया, मुल्य अभिविद्धी कर तर्फ ६० हजार २ सय ७० रुपैयाँ र १ हजार २ सय ८९ अन्तशुल्क तर्फ गरि कुल ५ लाख ५ हजार १ सय २९ रुपैँया राजस्व संकलन भएको कार्यालयको तथ्याङ्क रहेको छ ।
त्यस्तै भाद्र महिनामा १४ लाख ७८ हजार २ सय ८० रुपैँया भन्सा महलशुल आयाता शुल्क, ३ हजार ५ सय रुपैँया पैठारी भन्सार शुल्क, १ लाख ७४ हजार ३ सय रुपैँया स्वास्थ्य जोखिम कर, १ लाख ९३ हजार ७५ रुपैँया मुल्य अभिविद्धि कर, ६७ हजार ३ सय ९८ रुपैँया अन्तशुल्क र ४८ हजार ९ सय ६६ रुपैँया अन्य कर तथा प्रशासन सेवा शुल्क शिर्षकमा गरि कुल १९ लाख ६५ हजार ५ सय १९ रुपैँया राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
त्यस्तै असोजमा ४ लाख ५४ हजार ८ सय ३१ रुपैँया भन्सा महलशुल आयात, ६५ हजार ८ सय ३३ रुपैँया मुल्य अभिविद्धि कर, १५ हजार ५ सय ७१ रुपैँया अन्तशुल्क र ११ हजार रुपैँया अन्य कर तथा प्रशासन सेवा शुल्क शिर्षकमा गरि कुल ५ लाख ४७ हजार २ सय ४० रुपैँया र कार्तिक महिनामा ९ लाख ७२ हजार १ सय ६५ रुपैँया भन्सा महलशुल आयाता शुल्क, १ लाख ३४ हजार ३ सय ३४ रुपैँया मुल्य अभिविद्धि कर, ३ हजार ५९ रुपैँया, ६३ हजार रुपँैया सडक निर्माण तथा सम्भार दस्तुर र ६ हजार रुपैँया अन्य कर तथा प्रशासन सेवा शुल्क शिर्षकमा गरि ११ लाख ७८ हजार ५ सय ५८ रुपैँया राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यसरी कार्यालयले चालु आर्थिक बर्षको सुरुवाती चार महिनाको अवधीमा भन्सार महशुल आयात शिर्षकमा सबैभन्दा बढी ३३ लाख ४१ हजार ८ सय ४६ रुपैँया राजस्व संकलन गरेको छ ।
त्यस्तै मुल्य अभिवृद्धि कर शिर्षकमा ४ लाख ५३ हजार ५ सय १७ रुपैँया, स्वास्थ्य जोखिमकर शिर्षकमा १ लाख ७४ हजार ३ सय रुपैँया, अन्तशुल्क शिर्षकमा ८७ हजार ३ सय १७ रुपैँया, प्रशासनिक सेवा शुल्क शिर्षकमा ६५ हजार ९ सय ६६ रुपैँया, सडक निर्माण तथा सम्भार दस्तुर शिर्षकमा ६३ हजार रुपँैया र पैठारी भन्सार सेवा शुल्क शिर्षकमा १० हजार ५ सय रुपँैया गरि कुल ४१ लाख ९६ हजार ४ सय ६६ रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख मानन्धरले जानकारी दिनुभयो ।




