दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा त्रिदेव धाम जोड्ने सडक निर्माण गरिदै छ । लेकम गाउँपालिका वडा नम्बर ५ रिठामा स्थानीयहरुले जनश्रमदानबाटै वडा भित्र रहेका तीन धार्मिक स्थल जोड्ने लक्ष्यसहित ‘त्रिदेव धाम सडक’ निर्माण गरिरहेका छन् ।
वडा नम्बर ५ मा रहेको मालिकार्जुन मन्दीर जाइझुल, कुस्मावती मन्दीर र लटिनाथ मन्दीर जयपुर जोड्ने लक्ष्यसहित त्रिदेव धाम सडक निर्माण भइरहेको स्थानीय समाजसेवी तथा जयपुर मन्दिरका भरण्या उमाकान्त विष्टले बताउनुभयो ।
यहि मंसिर २ गते गोकुलेश्वर रिठाचौपाता सडक खण्डको सिरोडाकोटबाट सडकको ट्र्याक खोल्न सुरु गरेकोमा सोमबार मालिकार्जुन मन्दिर जायझुल सम्म १ हजार २ सय ७६ मिटर सडकको ट्र्याक निर्माण गरिएको स्थानीय दिपक सिंह धामीले बताउनुभयो ।
वडा नम्बर ५ मा रहेका तीन धाम जोड्ने लक्ष्यअनुसार पहिलो लक्ष्य मालिकार्जुन मन्दिर जायझुल सम्म सडक ट््रयाक खुलेको र अव पनि निर्माण कार्य निरन्तर हुने उहाँले बताउनुभयो ।
हामीले जनश्रमदानबाटै सडक निर्माण गरिरहेका छौ । यस्मा सबै गाउँलेहरुले राम्रो साथ दिएका छन् । हामी सबै मिलेर गाउँको विकास गर्नुपर्छ भन्ने कुरामा एकमत छौ स्थानीय विष्टले भन्नुभयो ।
वडा भित्रका तीनै धाम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको सडकको जम्मा लम्बाई २ हजार ५ सय मिटर बढी रहेको उहाँले बताउनुभयो ।
सडक निर्माण कार्यमा स्थानीयहरुले स्वइच्छिक आर्थिक सहयोग गरिरहेको र निर्माण कार्यमा समेत खटिएको विष्टले बताउनुभयो ।
स्थानीयहरुले मेसिन भाडामा लिएर निर्माण कार्य गरिरहेका हुन् ।





प्रतिक्रिया