क्षमताभन्दा बढी कैदीबन्दी रहेको दार्चुला कारागारमा बैतडीबाट थप ९ जना स्थानान्तरण

दार्चुला । क्षमता भन्दा बढी कैदीबैन्दी भएर व्यवस्थापमा चुनौती झेल्दै आएको दार्चुला कारागारमा थप ९ जना कैदीबन्दी स्थानान्तरण गरिएको छ । ४० जना कैदीबन्दी राख्ने क्षमता रहेको दार्चुला कारागारमा हाल क्षमताको दोब्बर भन्दा बढी ८७ जना कैदीबन्दी रहेका छन् ।

कारागारमा अहिले सबै पुरुष कैदीबन्दी मात्रै रहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्थाले व्यवस्थापन र सुरक्षाका चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला कारागारमै क्षमता बन्दा बढी कैदीबन्दी रहेको अवस्थामा थप ९ जना कैदीबन्दीलाई बैतडीबाट स्थानान्तरण गरी दार्चुला कारागार पठाइए पछि व्यवस्थापनमा समस्या थपिएको छ ।

जिल्ला कारागार बैतडीको कारागार भवन पुननिर्माण हुने भएपछि त्यहा रहेका कैदीबन्दीलाई दार्चुला, डडेल्धरासहित अन्य कारागारमा सरुवा गरिएको थियो । सोही अनुसार ६ जना थुनुवा र ३ जना कैदीगरी ९ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको हो ।

कारागारमा कैदीबन्दीको संख्या बढ्दै गए पनि भौतिक संरचनामा भने सुधार भएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?