दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा १५ दिने ट्रेकिङ गाइड तथा ट्रेकिङ पोष्टर गाइड तालिमको उद्धघाटन गरिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान संगको सहकार्यमा स्थानीय युवाहरुलाई हिमाल आरोहरण गाइडतर्फ आक्रर्षित गराउन १५ दिने तालिमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहराले बताउनुभयो ।
स्थानीय पर्यटन क्षेत्रको सम्भावना पहिचान गर्न तथा युवा पुस्तालाई पेशागत रूपमा सक्षम बनाउन लक्षित यो तालिमले अपिहिमाल गाउँपालिकाको पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले पछिल्लो समय युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिंदै आएको छ। त्यही रणनीतिक प्रयासको निरन्तरता स्वरूप शुरु गरिएको यो तालिमले युवाहरूमा पर्यटनसम्बन्धी ज्ञान, सीप र चिन्तन अभिवृद्धि गर्ने उपाध्यक्ष बोहराले बताउनुभयो।
तालिममा सहभागी हुने युवाहरूले भविष्यमा पेशागत गाइडका रूपमा कार्य गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा थप ऊर्जा थप्ने उहाँको भनाई छ ।
तालिम पश्चात स्थानीय युवाहरुको चिन्तन अभिवृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । आज उद्धघाटन गरिएको तालिम मसिर २९ गतेसम्म सञ्चालन हुने छ ।





प्रतिक्रिया