दार्चलाको शैल्यशिखर-५ का दुई टोलमा १५ जनाको कालाजार परीक्षण

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का २ वटा टोलमा कालाजार रोगको परीक्षण गरिएको छ । गत असारमा वडा नम्बर ५ को पारिलेक टोलका एक जनाको कालाजारका कारण मृत्यु भएको थियो भने बरमुडेका एक जनामा कालाजार पुष्टि भई उपचार पछि निको भएको थियो ।

उक्त घट्ना पछि त्यस क्षेत्रमा कालाजार संक्रमित हुन सक्ने आशंकामा जिल्ला स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठन र शैल्यशिखर नगरपालिकाको टोलीले १५ जनामा कालाजार रोगको परीक्षण गरेको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वस्थ्य अधिकृत शिवदत्त जोशीले बताउनुभयो ।

बुधबार (आज) जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्ट, विश्व स्वास्थ्य सङ्गठन सुदुरपश्चिम प्रदेश संयोजक प्रकाश देउवा, शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव दत्त जोशी, स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वस्थ्य अधिकृत देवराज जोशी लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले वडा नम्बर ५ को बरमुडे र पारिलेक टोलका १५ जना स्थानीयको रगत परीक्षण गरिएको हो । परीक्षण गरिएका १५ जना मध्ये कसैमा पनि रोगको संक्रमण नदेखिएको उहाँले बताउनुभयो ।

यस अघि कालाजार रोग देखिएका स्थानीयको घर भन्दा १ सय मिटर दायाँबायाँको क्षेत्रमा रहेका स्थानीयहरुमा परीक्षण गरिएको जोशीले बताउनुभयो ।

यो रोग स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइबाट लाग्ने भएकोले आगामी फागुन-चैत्र महिनामा उक्त क्षेत्रमा भुसुना मार्न विषादी छर्कने योजना रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ। विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख सङ्क्रमण हुने गरेको पाइन्छ। सङ्क्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो। यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ। कालाजारको सङ्क्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ।

यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?