दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पाँच दिने आवासीय योग प्रशिक्षण सञ्चालन भएको छ । यहि मङसिर १६ गतेदेखि २१ गतेसम्म ५ दिने शिविर सञ्चालन भइरहेको हो ।
गाउँपालिकाको आर्युवेद शाखाको आयोजनामा सञ्चालन भएको योग शिविरमा पुज्यासाधवी डाक्टर देवबिजयाले प्रशिक्षण गरिरहनुभएको छ। योगमय पालिका घोषणा भएको मालिकार्जुन गाउँपालिकाको पस्तिमा सञ्चालन भएको शिविरमा शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागीता रहेको छ ।





प्रतिक्रिया