दार्चुलाको नौगाडबाट झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ

दार्चुला। दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन्। नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामी चरेशसहित पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर धुलिगडा सडक खण्डमा धामीलाई चेकजाँच गर्दा उनको साथबाट १ के.जि. ९७५ ग्राम चरेश र १ थान डिजिटल तराजु फेला पारि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?