दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

दार्चुला । दार्चुलाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

आइतबार बिहान ८ बजेर २८ मिनेटमा अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो ।

उक्त भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पीय जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् । पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएको ५ सय बर्षभन्दा बढी भइसकेकाले यो क्षेत्रमा भूकम्पीय जोखिम उच्च रहेको तिमल्सिनाले बताउनुभयो।

स–साना भूकम्प जानुले पनि जमीनभित्र भूकम्पीय शक्ति सञ्चित रहेको कुरा पुष्टि हुने गरेको तिमल्सिनाले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?