बैतडी पाटनका सुस्त मनस्थिती भएका एक किशोर सम्पर्क विहिन

दार्चुला | बैतडीको पाटन नगरपालिका–१० हतास किलोगैटे घर भएका एक किशोर सम्पर्क विहिन भएका छन् ।

१८ बर्षीय पदमसिंह महरा शनिबार राति साढे ८ बजेदेखि हराइरहेका उनका बुवा रामसिंह महराले बताउनु भयो । सुस्त मनस्थिती भएका महरा एक्कासी घरबाट निस्केका र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।

कालो टोपी, कालो जकेट र कालो ट्रयाक लगाएका पदमको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइसकेको छ । शनिबार रातिदेखि नै उनको खोजी कार्य जारी रहेको पारिवारिक श्रोतले जनाएको छ । हराइरहेका पदमको खोजीमा सहयोग गरिदिन समेत परिवारले अनुरोध गरेको छ ।

हराइरहेका पदमलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा मोबाइल नम्बर ९८४८७५६४०५ सम्पर्क गरिदिन हुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?