दार्चुुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सञ्चालन गरेको ३० दिने सिलाई कटाई एड्भान्स सीप विकास तालिम सम्पन्न भएको छ।
चालू आर्थिक बर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा गारमेन्टस उद्योग स्थापना गरि स्थानीय नागरिकलाई रोजगार दिने उदेश्य सहित सञ्चालन गरिएको एड्भान्स सीप विकास तालिम सोमबार (आज) सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी लोकेन्द्र सिंह धामीले बताउनुभयो ।
कार्तिक २३ गतेबाट सञ्चालन भएको तालिममा गाउँपालिका भित्रका १० जना उद्यमीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
पालिका भित्रका १० जना उद्यमीहरुलाइ स्वरोजगार बनाउने उद्देश्यका साथ ३० दिने सिलाइकटाइ एड्भान्स सीप विकास तालिम संचालन गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा गारमेन्ट्स उद्योग स्थापनाको लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया