दार्चुला । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउले कीर्तिमान बनाएको हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५६ हजार ६ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी ८० रुपैयाँले घटेर तोलाको तीन हजार आठ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार नौ सय पाँच रुपैयाँ थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?