टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हरायो

दार्चुला । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।

त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका १ सय १७ रन बनाएर अलआउट भयो । यो जीतसँगै पाँच खेलको टी–२० शृङ्खलामा भारतले २–१ को अग्रता बनाएको छ ।

पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल पर्सि बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?