दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सञ्चालन भएको १५ दिने ट्रेकिङ गाइड तथा ट्रेकिङ पोर्टर गाइड तालिम सम्पन्न भएको छ । गाउँपालिकाल र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा यहि मंसिर १४ गतेबाट सञ्चालन गरेको १५ दिने ट्रेकिङ गाइड तथा पोटर गाइड तालिम सोमबार (आज) सम्पन्न भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
स्थानीय युवाहरुलाई हिमाल आरोहरण गाइडतर्फ आक्रर्षित गराउने उदेश्यले सञ्चालन गरिएको उक्त तालिममा ५० जना स्थानीयहरुको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहराले बताउनुभयो ।
तालिम पश्चात स्थानीय युवाहरुको चिन्तन अभिवृद्धि हुने अपेक्षा गरिएको उपाध्यक्ष बोहराले बताउनुभयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षकहरुले प्रशिक्षण गराउनुभएको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिनुभयो ।





प्रतिक्रिया