दार्चुला । गत र्मसिर २६ गते देखि सम्पर्क विहिन भएका शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काँडापारीका १३ वर्षीय सिब्बु बोहरा सकुसल भेटिएका छन् । बोहरा सोमबार जिल्लाको गोकुलेश्वर क्षेत्रमा सकुसल भेटिएको उहाँका दाई विरेन्द्र बोहराले बताउनुभयो ।
बोहरा सम्पर्क विहिन भएको भन्दै परिवार तथा आफन्तले खोजीका लागि आग्रह गरेका थिए ।





प्रतिक्रिया