दार्चुला । बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतबार राति जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडीको जीमराडीमा चितुवा पासोमा फसेको थियो ।

आइतबार राति पासोमा फसेको चितुवालाई मंगलबार बिहान ११ बजेतिर सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णले बताउनुभयो ।

स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको दाँया खुट्टा पासोमा फसेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले उद्धार गरेको सूचना अधिकारी कर्णले बताउनुभयो ।

पासोमा फसेको चितुवालाई डार्टिङ अर्थात बेहोस गरेर उद्धार गरिएको थियो । पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उपचार गरेर सिगास संरक्षित वन क्षेत्रमै छोडिने सूचना अधिकारी कर्णले जानकारी दिनुभयो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली आउनुपर्ने भएकाले चितुवाको उद्धारमा ढिलाइ भएको बताइएको छ ।

सामुदायिक वनको हाताभित्र थापेको पासोमा चितुवा फसेपछि डिभिजन वन कार्यालयले सामुदायिक वनलाई पत्राचार समेत गरेको छ । सामुदायिक वनको हाताभित्र कसले, के प्रयोजनका लागि पासो थापेको हो भन्ने कुरा खुलाउन पत्राचार गरिएको सूचना अधिकारी कर्णले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?