दार्चुलाको दुहुँमा दुई दिने पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको सहजीकरणमा ‘सगुण शिक्षा, सक्षम समाज’ भन्ने मूल नाराका साथ मंगलवारबाट सुरु गरिएको दुई दिने पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको हो ।

शैक्षिक कार्यशाला गोष्ठीमा शैक्षिक सुधारका लागि सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

दुई दिने पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठीमा दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति देवी बम, प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशी, दुहुँ गाउँपालिकाका ५ वटै वडाका वडाध्यक्ष, १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, १० वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, सामुदायिक ग्रामिण विकास समाज नेपाल, गुड नेवर्स ईन्टरनेशनल नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाका शिक्षा अधिृकत उदय बोहराले बताउनुभयो ।

दुई दिनसम्म चलेको शैक्षिक कार्यशाला गोष्ठीमा पालिकाको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय शिक्षाको सुधारका लागि गर्नुपर्ने प्रयास, शिक्षण विधि र प्रविधिको प्रयोग, विद्यार्थी मूल्यांकन जस्ता शैक्षिक विषयमा छलफल र अन्तरक्र्रिया गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकको भूमिका, विव्यस अध्यक्षको भूमिकाका बारेमा पनि छलफल गरिएको थियो । गोष्ठीमा शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख एवं उपसचिव भीम प्रसाद पनेरुले प्रशिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?