दार्चुला । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत बुधवार र बिहीबार सम्पन्न निर्वाचनमा १९ केन्द्रीय पदाधिकारीमध्ये सुदूरपश्चिम प्रदेशबाट एक जना मात्रै चयन हुनुभएको छ ।
एमालेको ११औँ महाधिवेशनबाट १९ सदस्सीय एमाले केन्द्रीय पदाधिकारीमा कैलालीका लेखराज भट्ट मात्रै निर्वाचित हुनुभएको छ । उहाँ उपमहासचिवमा निर्वाचित हुनुभएको हो ।
त्यस्तै कर्णाली प्रदेशबाट सुर्खेतका यामलाल कँडेल सचिव र मधेस प्रदेशबाट धनुषाका रघुवीर महासेठ उपमहासचिवमा निर्वाचित हुनुभएको छ।
त्यस्तै गण्डकी प्रदेशबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष, स्याङ्जाकी पद्माकुमारी अर्याल सचिव र कास्कीका खगराज अधिकारी सचिवमा निर्वाचित हुनुभएको छ। बाग्मती प्रदेशबाट चितवनका रामबहादुर थापा ‘बादल’ र काठमाडौँका रघुजी पन्त उपाध्यक्षमा निर्वाचित हुँदा भक्तपुरका महेश बस्नेत र काठमाडौँ राजन भट्टराई सचिव निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेशबाट दाङका शंकर पोख्रेल महासचिव, रुपन्देहीका विष्णुप्रसाद पौडेल र गुल्मीका गोकर्णराज विष्ट उपाध्यक्ष तथा रुपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित हुनुभएको छ।
कोशी प्रदेशबाट झापाका केपी शर्मा ओली अध्यक्ष, ताप्लेजुङका योगेश भट्टराई उपमहासचिव तथा भोजपुरका शेरधन राई, झापाका हिक्मतकुमार कार्की र मोरङका भानुभक्त ढकाल सचिवमा निर्वाचित हुनुभएको छ ।





प्रतिक्रिया